आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस


 


काठमाडौं, वैशाख ९
आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन । २००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।

कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।

कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।

चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो ।

यसै सन्दर्भमा आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विगतको संकटपूर्ण अवस्थाबाट यहाँसम्म ल्याइपुर्याउन महत्वपूर्ण योगदान १८ जना योद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्