गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिदैं


 


काठमाडौं, वैशाख ९
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । गण्डकी प्रदेशमा गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार लाई दिएको समर्थन फिर्ता लिएको थियो ।

गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् ।

प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्