राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त


 


काठमाडौँ, वैशाख ९
राष्ट्रिय योजना आयोगमा थप तीन जना सदस्य नियुक्त भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन तरखर गरिरहेको सरकारले आयोगमा थप तीन जना सदस्य नियुक्त गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर विभिन्न विधामा अध्ययन अनुसन्धान गर्दै आएका वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल तथा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका विज्ञ प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई सस्यमा नियुक्त गरिएको छ ।

सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्