सकिदै माधव नेपालको पार्टी, मुकुन्द न्यौपाने सहित को-को एमालेमा फर्किए ? सूचीसहित


 


काठमाडौं, वैशाख ९
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपाने सहित दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा न्यौपाने सहित दर्जनाै नेता एमालेमै फर्किएका हुन्।

नेकपा एसका नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भिमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, सुकमान तामाङ, हर्कमान तामाङ लगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन्।

नेता न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरुले स्वागत गरे।

प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्