खगराजले पाएनन् विश्वासको मत, ढल्यो गण्डकी सरकार


 


पोखरा, वैशाख ९
एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको हो ।

उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका थिए ।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो । यससँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन्।

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्