पाकिस्तानमा बम विस्फाेट हुँदा १२ जनाकाे मृत्यु, ४० घाइते


 


एजेन्सी, वैशाख १२
पाकिस्तानको स्वात उपत्यकास्थित प्रति-आतंकवाद कार्यालयमा बम आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ ।

बम आक्रमणमा परी ४० जना मानिसहरू घाइते भएका हुन् । पाकिस्तानको उत्तर पश्चिम स्वात उपत्यकाको प्रतिआतंकवाद कार्यालयमा भएको विस्फोटमा मृत्यु हुनेमा अधिकांश प्रहरी रहेका छन् । विस्फोटका कारण प्रति-आतंकवाद कार्यालयका हतियार कक्षहरुमा क्षति पुगेको छ ।

विस्फोटकाे बारेमा अनुसन्धान जारी रहेकाे छ । सोही कार्यालयमा रहेका पुराना हतियार कारण विस्फोट भएको अनुमान गरिएको छ । विस्फोट भए लगत्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आत्मघाती हमलाको संज्ञा दिनुभएको थियो ।

बम विस्फाेट भएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै उहाँले विस्फोेटको प्रकृतिकाे बारेमा अनुसन्धान भइरहेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्