देशका अधिकांश भागमा वर्षा हुने


 


काठमाडौं, वैशाख १४
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ। साथै गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का-क्षणिक वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, गण्डकी प्रदेश र देशका बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने भएको महशाखाले जनाएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्