पहाडी र तराई क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना


 


काठमाडौं, वैशाख १७
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जसकारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू(भागका केही स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्