निरा हत्या प्रकरण : हत्यामा संलग्न आरोपी झापाबाट पक्राउ


 


काठमाडौं, वैशाख १७
कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न आरोपी पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाबाट हत्या आरोपमा विनोद विक पक्राउ परेका हुन् ।

लामो समयदेखि कपनको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ मा पसलमै हत्या भएको अवस्थामा फेला शव फेला परेको थियो ।

स्रोतका अनुसार विनोद झापाको धुलाबारीका स्थानीय हुन् । आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो ।

वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् ।

उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो । झापाबाट पक्राउ परेका विनोदलाई काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्