पूर्व गृहमन्त्री बादलका सल्लाकार राई पक्राउ


 


काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार राईलाई ललितपुरको सौखेलस्थित निवासबाटै मंगलबार बिहान पक्राउ गरिएको हो ।

उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो ।

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्