सन्दीपलाई आज अदालत पेस गरिँदै


 


काठमाडौं, वैशाख २१
पूर्व उर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ ।

बुधबार साँझ बुटवलबाट पक्राउ परेका अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य रायमाझीपुत्र सन्दीपलाई आज काठमाडौं ल्याएर अदालतमा पेस गरिने भएको हो ।

प्रहरीका अनुसार सन्दीपलाई काठमाडौं ल्याउन भैरहवा विमानस्थल पुर्‍याइएको छ। तर मौसम प्रतिकूल भएका कारण उडान हुन सकेको छैन ।

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति: २१ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्