आजको मौसम : पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना


 


काठमाडौं, वैशाख २१
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण देशभर सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागमा एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति: २१ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्