तत्कालीन ऊर्जामन्त्री टोपबहादुरका छोरा सन्दीपमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप


 


काठमाडौं, वैशाख २१
अदालतले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएको थियो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।

बिहीबार बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ। यस्तै रायमाझीका छोरा सन्दीप भने बुधबार साँझ पक्राउ परेका थिए ।

प्रकाशित मिति: २१ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्