आगो निभाउने क्रममा जलेर घाइते भएका तीन जनाको मृत्यु, एक गम्भीर


 


अर्घाखाँची, वैशाख २७
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो जिल्लाको भुमिकास्थान नगरपालिका-२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका तीन जनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भुमिकास्थान २ तिरतिरे गाउँका ७२ बर्षिय पिताम्बर वेल्वासेको उपचारको लागि लैजादै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासे रहेका छन् ।

वेल्वासेको काठमाडौं किर्तिपुर अस्पतालमा पुगेपछि मृत्यु भएको बताइएको छ । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो ।

थप उपचारका लागि लैजादै गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । ३६ वर्षीय माधव वेल्वासेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्