सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले आफै पढ्ने !


 


काठमाडौं, वैशाख ३१ । यसपटक सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पढ्नेबारे छलफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल पूर्णरुपमा स्वस्थ भइनसकेका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै पढ्ने विषयमा छलफल भएको हो ।

सुरुमा संक्षिप्त रूपमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्ने र त्यसपछि बाँकी नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्ड पढ्नेबारे प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाबीचमा छलफल भएको हो।

नेताहरूका अनुसार कार्यव्यवस्था परामर्श समितिले यस सम्बन्धमा औपचारिक निर्णय लिनेछ । आगामी जेठ ३ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्