काठमाडौंको बल्खुबाट ९ जना जुवाडे पक्राउ


 


काठमाडौं, जेठ २ । काठमाडौंको बल्खुबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ५ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्