सागर ढकालले डडेल्धुरामा आठ महिनाको भाडा तिर्न बाँकी


 


डडेल्धुरा, जेठ २ । डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचन लडेका बेला कोठाभाडा लिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्।

उनका अनुसार ढकालले कोठामा ताला लगाएका छन् । सुरुका तीन महिनाको भाडा नौ हजार दिएपनि असोजदेखिको आठ महिनाको तीन हजारका दरले २४ हजार रुपैयाँ दिन बाँकी रहेको उनले बताइन् । भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्।

ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको उनका भाइ जनक ढकालले जानकारी दिए। उनले भाडाको बारेमा घरबेटीसंग बुझ्ने बताएका छन् । गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्