भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य


 


काठमाडौं, जेठ २ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।

आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १÷१ महिनामा पठाउने गरेको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउने निर्णय गर्ने निगमका प्रवक्ता ठाकुले बताए ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्