सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न रास्वपाको माग


 


काठमाडौं, जेठ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् ।

सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै रास्वपा सांसद झाले लेखा समितिको छलफलप्रति आम चासो अलि बढी हुने भएकाले प्रत्यक्ष प्रसारण गर्नु उपयुक्त हुने बताएका हुन् ।

जेष्ठ सदस्यको हैसियतमा सार्वजनिक लेखा समितिको सभापतित्व गरेका अर्जुननरसिंह केसीले संसदीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्ने मागका सम्बन्धमा गर्न सकिने विषयका बारेमा ख्याल गर्न समिति सचिवालयका कर्मचारीहरुलाई निर्देश गरेका छन्।

पहिलो बैठकमा समितिका सचिव गिरीले अघिल्लो अधिवेशनमा सार्वजनिक लेखा समितिमा अध्ययन भएका विषय, अधययनमा बिचाराधीन रहेका विषय र समितिको कार्यक्षेत्रका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

२६ सदस्यीय सार्वजनिक लेखा समितिको पहिलो बैठकमा १९ जना सदस्य सहभागी थिए । जसमा १५ जना सांसदले आफ्नो धारणा राखे । पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरुले भ्रष्टाचार अनियमिताका विषय हेर्ने भएकाले राजनीतिक र आस्था भन्दा माथि रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्