थप २१ जनामा कोरोना संक्रमण पुष्टि


 


काठमाडौं, जेठ २ । नेपालमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१ हजार १०३ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो अवधिमा २४ जना संक्रमणमुक्त भएका छन् । देशभर १ सय जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्