सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप


 


काठमाडौं, जेठ ३
सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ ।

अधिकांश सचिवहरू मन्त्री र उनका आसेपासेबाट परिचालित हुँदा र बिचौलियाकै भूमिकामा पुग्दा सिंगो प्रशासन क्षेत्रको साख निहुरिएको भन्दै सचिवहरूप्रति आक्रोश व्यक्त हुन थालेको हो ।

निजामती क्षेत्रमा विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना विशिष्ट श्रेणी सचिवस्तरका कर्मचारी छन् । उनीहरूमध्ये अधिकांशलाई बिचौलियाको आरोप लागेको छ । केही सचिवहरू भने इमानदार रहेको र उनीहरू दबिएको अवस्थामा रहन बाध्य भएको बताइएको छ ।

इमानदार सचिवको पहुँच उच्च राजनीतिक नेतृत्वसँग छैन । त्यसैले उनीहरू पाखा पर्नुपरेको बताइन्छ । उनीहरू भने बिचौलियाको आरोपबाट मुक्त छन् ।

सरकारका कार्यालय सहयोगीदेखि उपसचिवसम्मकै कर्मचारीले सरकारका अधिकांश सचिव र सहसचिवको भूमिकामाथि बारम्बार प्रश्न गर्दै आइरहेका छन् । केही थोरै सचिवहरूले अन्य सचिवको कार्यशैली देख्दा वाक्कदिक्क भएको बताउने गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्