यस्तो छ आजको मौसम पूर्वानुमान


 


काठमाडौं, जेठ ३
हाल देशभर स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।

जसकारण आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भूभागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्