रेशम चौधरी क्रान्तिकारी हुन्, न्यायाधीशले पुराना सोच राखे : बाबुराम भट्टराई


 


काठमाडौं, जेठ ३
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत र न्यायाधीशले पुराना सोच राखेर अपराधको परिभाषा गर्ने गरेको बताएका छन् ।

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई दोषी ठहर गर्ने उच्च अदालत दिपायलको फैसलालाई नै सर्वोच्च अदालतले सदर गरिदिएपछि डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएका हुन् ।

उनले रेशम क्रान्तिकारी भएको बताउँदै सलाम गरे ।

उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुरानारविद्यमान कानून, नजीर, सोच राखेर ‘अपराध’को परिभाषा गर्छन् र ‘अपराधी’लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो/विद्यमानसँग विद्रोह गरेर नयाँ/भविष्यमुखी सोच/मान्यता/विधि स्थापित गर्न खोज्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम !’

टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्