ट्याक्टरबाट झरेर विद्यालय गइरहेका दुई बालिकाको मृत्यु


 


पाँचथर, जेठ ३ । ट्याक्टर चढेर विद्यालय गइरहेका दुई बालबालिकाको मृत्यु भएको छ । पाँचथरको मेची राजमार्ग अन्तर्गत हिलिहाङ गाँउपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर १३ वर्षीया पुजना सुवेदी र ९ वर्षीया गङ्गा सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुवँरले बताए । उनका अनुसार चालक सिटको छेउमा रहेका दुई विद्यार्थी ट्याक्टरबाट झरेपछि सोही ट्याक्टरले किचेर मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा ट्रलीमा बालुवामाथि बसेका अन्य दुई विद्यार्थी घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टरमा ११ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्