सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


 


बारा, जेठ ३ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख जयसवालसहित ८ जनाविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

नगरपालिकाको देवापुरमा पोखरी ठेक्का लगाउँदा ७ वटा फर्मको ठेक्का परेकोमा सम्झौता नगरी धरौटी रकम फिर्ता गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै, नगरपालिकाका इन्जिनियर अजित कुमार गुप्ता र असिस्टेन्ट सवइन्जिनियर दिनेशकुमार, लेखा अधिकृत समरेन्द्रप्रसाद चौधरी, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव वैद्यनाथप्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरुविरुद्ध १० लाख ८ हजार ९ सय रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्