नेपालमा धार्मिक स्वतन्त्रताबारे अमेरिकाको प्रतिवेदन भ्रामक


 


काठमाडाैं, जेठ ४
भारतले नेपालमा धार्मिक स्वतन्त्रताबारे अमेरिकाको प्रतिवेदन भ्रामक र गलत बुझाइमा आधारित रहेकाे स्पष्ट पारेकाे छ ।

भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनले गलत र भ्रामक सूचना प्रकाशित गरेको भन्दै चर्को आलोचना पनि गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन पक्षपातपूर्ण रहेकाे बताएका छन् ।

प्रवक्ता बागचीले जारी गरको विज्ञप्तिमा भनिएकाे छ, ‘अफसोस् छ, यस्ता प्रतिवेदनहरु गलत सूचना र त्रुटिपूर्ण बुझाइमा आधारित भएर आइरहेका छन् । केही अमेरिकी अधिकारीहरूको उत्प्रेरित र पक्षपाती टिप्पणीले यी रिपोर्टहरूको विश्वसनीयतालाई कमजोर पार्ने काम मात्र गर्छ ।’

प्रतिवेदनमा अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतले पैसा दिने गरेको गलत कुराकाे दाबी गरेपछि भारत आक्राेशित भएकाे हाे ।

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्