नागरिक उन्मुक्ति पार्टीले बोलायो पदाधिकारी बैठक


 


काठमाडौं, जेठ ४ । नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बैठकका लागि तय भएको पार्टी महासचिव रतन थापाले जानकारी दिए।

आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बैठक बस्न लागेका उनले बताए ।

टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति आन्दोलित छ।

नागरिक उन्मुक्ति पार्टीले गिरिशचन्द्र लालले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै तीन दिनको अल्टिमेटम दिएको छ । माग पूरा नभए सरकार छोडेर आन्दोलनमा उत्रिने चेतावनी पनि पार्टीले दिएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्