राप्रपाले आज भ्रष्टचारविरुद्ध प्रदर्शन गर्दै


 


काठमाडौं, जेठ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टचारको विरोधमा आज प्रर्दशन गर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेकोहरुको माथिको अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको जनाएको छ ।

प्रदर्शन आज बसन्तपुरमा दिउँसो १ बजे गरिने राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रले जानकारी दिए । यसैगरी राप्रपाले निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउनेलगायतका निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्