पूर्वराजा ज्ञानेन्द्र शाह भोलि धनगढी जाने


 


काठमाडौं, जेठ ६ । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (आइतबार) धनगढी जाने कार्यक्रम पुनः तय भएको छ। यसअघि नागरिक उन्मुक्ति पार्टीले आमहड्ताल गर्ने घोषणा गरेपछि पूर्वराजा धनगढी जाने कार्यक्रम स्थगित गरिएको थियो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि आज बिहान पत्रकार सम्मेलन गर्दै पूर्व राजा धनगढी जाने कार्यक्रम पुनः तय भएको जानकारी दिएको हो ।

पूर्व राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते धनगढी स्थित रंगशालामा नागरिक अभिनन्दन गरिने आयोजकले जानकारी गराएको हो । पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमबार दिउँसो ३ बजे धनगढी रङ्गशालामा हुनेछ।

राजपरिवार सडकमार्ग हुँदै आइतबार नै धनगढी पुग्ने र सोमबार नागरिक अभिनन्दन गर्ने तयारी थालिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्