शरणार्थी प्रकरण : दोषीलाई कारबाहीको माग गर्ने १७ जना पक्राउ


 


काठमाडौं, जेठ १४ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

दोषीलाई कारबाहीको माग गर्दै आइतबार सिंहदरबारको गेटनजिक आन्दोलन गरिरहेका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

सिंहदरबार दक्षिण ढोका अगाडि नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर, तीन तहको सरकारः सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्यअनुरूप आचरण गर भन्ने आह्वानसहित शान्ति समाजले आन्दोलन गरेको थियो।

साथै समाजले यो प्रकरणमा संलग्नहरूलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्