थप १४ जनामा कोरोना पुष्टि


 


काठमाडौं, जेठ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट १०४५ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८५ र एन्टिजेनबाट ९६० नमुना परीक्षण गर्दा पीसीआरबाट २ र एन्टिजेनबाट १२ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३३ पुगेको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्