रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट


 


काठमाडौं, जेठ १४ । टीकापुर घटनामा दोषी ठहर रेशमलाल चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरेकी छन् ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत)ले रिट बोकेर सर्वोच्च अदालत पुगेकी हुन् ।

गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बोहराले यसअघि राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्