बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै


 


काठमाडौं, जेठ १५ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि अर्थमन्त्रीले आज अपरान्ह ४ः१५ मा संघीय संसदको संयुक्त बैठकमा बजेठ पेश गर्नेछन् ।

नेपालको संविधान २०७२ अनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्