विवेकशील साझाको संगठन विभाग प्रमुखमा रञ्जु दर्शना


 


काठमाडौं, जेठ १५ । विवेकशील साझा पाटीको संगठन विभाग प्रमुखमा रन्जु दर्शना चयन भएकी छन् ।

आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दर्शनालाई संगठन विभागको जिम्मेवारी प्रदान गरेको हो ।

संगठन विभागमा नियुक्त भएकी दर्शना पार्टीकी महासचिवसमेत हुन् । साथै बैठकले पार्टीका ११ वटा विभागको प्रमुख नियुक्त गरेको जनाएको छ ।

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उममेद्वारी दिएर लोकप्रिय मत हाँसिल गरेपछि चर्चामा आएकी थिइन् । तर उनी पराजित भएकी थिइन् ।

महामनगरको मेयरमा पराजित रन्जु गत मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत काठमाडौंबाट उम्मेद्वार रहेकी थिइन् । तर उनले जमानतसमेत जोगाउन सकिनन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्