रेशम चौधरीसहित १९ जनालाई आममाफी, ४८२ को कैद सजाय मिनाह


 


काठमाडौं, जेठ १५ । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् । यसैगरी गणतन्त्र दिवको अवसरमा राष्ट्रपति पौडेलले ४८२ जनाको कैद सजाय मिनाह गरेका छन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्‌को जेठ १२ र १४ गतेको निर्णय सिफारिसअनुसार रेशम चौधरी, टोपबहादुर बुढासहित १९ जनाको कैद माफी गरिएको जानकारी दिइन् । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार गणतन्त्र दिवसका अवसरमा उनीहरुको कैद माफी गरिएको बताइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रेशमलगायत कैदीलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसैगरि मन्त्रिपरिषद्ले ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशम चौधरीलगायत कैदीलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्