पार्टी सभापति देउवाप्रति गगन आक्रोशित, दिए यस्तो चुनौति


 


काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । आज राजधानीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पार्टीले निर्वाचन अघि कुनै दलसँग गठबन्धन नगर्ने बताए ।

विगतमा आफूहरुले बहुमतको निर्णय मानेर पार्टीमा फरक मत राखेपनि अब निर्वाचनअघि गठबन्धन नगर्ने र बरु त्यसका लागि परे लड्न पनि तयार रहेको बताएका हुन् ।

निर्वाचन अघि गठबन्धनमा गएर मत माग्दै गर्दा पार्टीको सिद्धान्तमाथि आँच आएको उनको भनाई छ । यसले क्रांग्रेसका लागि सत्ता नै सबै चिज हो भन्ने ईमेज जनमानसमा परेको उनले बताए ।

पार्टीले गरेको गल्तीलाई स्विकार गर्दै आम जनतासँग र पार्टीका सदस्यहरुसँग माफी माग्दै कांग्रेस आगामी निर्वाचनमा सहभागी हुन तयार हुनपर्ने उनको भनाई छ । सम्भवतः आगामी भदौमा नीति सम्मेलन हुने र पार्टीले निर्वाचन अघि कुनै दलसँग पनि गठबन्धन नगर्ने संकल्प गर्ने उनले बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्