गणतन्त्र दिवसमा कोशी सरकारले गर्यो तीन पत्रकारलाई सम्मान


 


विराटनगर, जेठ १५ । गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले तीन जना पत्रकारहरुलाई सम्मान गरेको छ ।

प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस समारोहका अवसरमा अग्रज पत्रकारहरु मोरङका मोहन भण्डारी, सुनसरीका प्रदिप मेन्याङ्बो र उदयपुरका श्याम राईलाई जनही एक÷एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उनीहरुलाई सम्मान पत्र प्रदान गरे । लोकतान्त्रिक व्यवस्थाको पुनर्वाहाली र गणतन्त्रको स्थापनामा योगदान पुर्याएकोले पत्रकारहरुलाई सम्मान गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेशको नामाकरणविरुद्ध भएको हिंसात्मक गतिविधि छाडेर सबै गतिविधि शान्तिपूर्ण रुपमा गर्न पहिचान पक्षधरहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्