रेशम चौधरी लडाइँ नजितेरै रिहाई भए : रवि लामिछाने


 


काठमाडौं, जेठ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रेशम चौधरी न्याय नपाएर रिहाई भएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले रेशम चौधरीलाई आममाफी दिएर रिहाई गर्नु नै उनी माथिको अन्याय भएको बताए ।

आफ्नो दलले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको बताउँदै उनले अहिले गलत प्रक्रियाबाट चौधरीलाई छुटाइएको बताए । लामिछानेले भने, ‘रेशम चौधरी छुट्नुभयो, उहाँ खुशी हुनुहोला तर यसलाई उहाँमाथि न्याय भएको मान्न सकिँदैन ।’

एउटा व्यक्ति जेलमुक्त हुँदा खुसी हुनु आफ्नो ठाउँमा भए पनि थारुहरुको संघर्षले विजय प्राप्त नगरेको बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्