सामाजिक सञ्जालबाट आउने पैसामा पनि कर बढ्यो


 


काठमाडौं, जेठ १५ । सरकारले फेसबुक, युट्युब र टिकटकबाट आउने पैसामा लाग्ने कर बढाएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सञ्जालबाट आउने पैसामा लाग्ने कर बढाएको जानकारी दिएका हुन् ।

व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराएबापत वा नेपालबाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा अब पाँच प्रतिशतसम्म कर लाग्ने भएको छ ।

यसअघि यस्तो रकममा बैंकले एक प्रतिशत करकट्टी गरी जम्मा गर्ने व्यवस्था रहेको थियो । त्यस्तै, इकमर्स अपरेटरमार्फत बिक्री गरेको वस्तु तथा सेवा बिक्री गरी सो बापतको रकम इकमर्स अपरेटरले वस्तु वा सेवाधनीलाई भुक्तानी गर्दा सो रकममा एक प्रतिशत अग्रिम करकट्टी गर्नुपर्ने नयाँ व्यवस्था थप गरिएको छ  ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्