Deshko News
६ आश्विन २०८०, शनिबार

एनएमबि बैंकबाट ३५ लाख बढी रकम लुटियो



जनकपुरधाम, जेठ १६ । महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाखभन्दा बढी रकम लुटिएको छ।

मंगलबार दिउँसो १२ बजेर २५ मिनेटमा महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको शाखाबाट लुटपाट भएको हो।

हतियारधारीको समूहले रकम लुटपाट गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

एसपी मल्लका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर फरार भएका हुन्। उनका अनुसार लुटपाटमा संलग्नहरुको खोजी भइरहेको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News