Deshko News
६ आश्विन २०८०, शनिबार

कैलालीको महादेव तालमा शव फेला, ३ जना पक्राउ



धनगढी, जेठ १६ । कैलालीको धनगढी उप महानगरपालिका १६ स्थित महादेव तालमा एक मानिसको शव फेला पररेको छ । तालमा डुबेको अवस्थामा मानिसको शव फेला परेको हो।

शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट तीन जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने खुलाएको छैन ।

बेहडाबाबा मन्दिरमा लाग्ने गङ्गा दशहरा पूजाको लागि तालमा भक्तजनहरु नुहाउनेक्रममा शप फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News