नेविसंघ अध्यक्षविरुद्ध देउवा निवासमा नाराबाजी


 


काठमाडौं, जेठ १७ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवास पुगेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

सङ्गठनलाई गति दिन नसकेको भन्दै नेविसंघका शिवराम बस्नेत नेतृत्वको टोलीले अध्यक्ष शेर्पाको राजीनामा माग गर्दै नाराबाजी गरेको हो।

उनीहरुले शेर्पाले सङ्गठनलाई अनिर्णयको बन्दी बनाएको, गति दिन नसकेको, चरम गुटबन्दी गरेकोलगायतका आरोप लगाएका छन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्