वकिलले बोलेको कुरालाई लिएर इजलासमै लफडा


 


काठमाडौं, जेठ २६ । सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्ध सहकारी ठगी मुद्दाको सुनुवाइको क्रममा इजलासमा लफडा भएको हो ।

माधवप्रसाद मैनालीको एकल इजलासमा सुनुवाइ भइरहँदा इच्छाराजका वकिलले बोलेको कुरालाई लिएर विवाद भएको हो ।

तामाङका वकिलले बहसको क्रममा ‘सहकारीमा पैसा जम्मा गर्नेहरू पनि ठग र दलाल’ हुन् भनेपछि पीडितहरू वकिलमाथि खनिएका थिए । लफडा परेपछि प्रहरी बोलाएर स्थिति साम्य पारिएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्