निर्वाचन आयोगको प्रस्ताव : ‘नो भोट’ को व्यवस्था राखौं


 


काठमाडौं, जेठ २६ । निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा ‘नो भोट’ को व्यवस्था राख्न प्रस्ताव गरेको छ । आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा ‘नो भोट’ को व्यवस्था राख्न प्रस्ताव गरेको हो ।

आयोगले शुक्रबार राजनीतिक दलहरुसँगको छलफलमा नयाँ कानुनमा ‘नो भोट’ को व्यवस्था गर्न लागिएकोबारे परामर्श गरेको छ ।

त्यस क्रममा आयोगले निर्वाचनमा कुनै पनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समावेश गरिएको जनाएको छ ।

सो मस्यौदा संसद्‌मा पेश गर्न लागेको भन्दै आयोगले त्यसमा कुनै पनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समेत समेटेको छ ।

त्यस्तै मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था मिलाउनेबारे समेत समावेश गरिएको आयोगले जनाएको छ ।

मस्यौदा समितिले राजनीतिक दल तथा सम्बन्धित सरोकारवाला, विज्ञहरुको राय सुझाव र विगतका निर्वाचनमा खटिएका निर्वाचन पर्यवेक्षक, अवलोकनकर्ता तथा अनुगमनकर्ताबाट प्राप्त सुझाव, सिफारिश र पृष्ठपोषणसमेतलाई ध्यानमा राखेर मस्यौदा गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्