देउवा भन्छन्– गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बनेको हो


 


काठमाडौं, जेठ २७ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बनेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको बताएका हुन् ।

उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन सबै नेता कार्यकर्ता एकताबद्ध भएर अघि बढ्न निर्देशन दिए ।

‘पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु,’ सभापति देउवाले भने, ‘यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ।’

सभापति देउवाले पार्टीमा योग्य, जुझारू र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए।

सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।

कांग्रेस इतर पक्षका नेताहरु भने आगामी चुनावमा गठबन्धन गर्न नहुने आवाज उठाउँदै आइरहेका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्