करेन्ट लगाएर माछा मार्न खोज्दा एक जनाको मृत्यु


 


मुगु, जेठ २७ । खोलामा करेन्ट लगाएरु माछा मार्न खोज्दा एक युवकको मृत्यु भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा १ र ४ मा पर्ने भट्टेचौर खोलामा माछा मार्न प्रयोग गरिएको करेन्ट करेन्ट लागेर वडा –४ भामवाडाका १८ वर्षीय सञ्जय भामको मृत्यु भएको हो ।

खोलामा करेन्ट लागेर बेहोस भएका उनलाई उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुदर्शन पन्तले बताए ।

शव पोष्टमार्टनमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ । माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्