धनगढीमा एक बालक विद्यालयबाटै बेपत्ता


 


धनगढी, जेठ २७ । कैलालीको धनगढी उप–महानगरपालिका–१ शिवनगरमा रहेको चैतन्य पाठशालाबाट एक बालक बेपत्ता एका छन् ।

बैतडीको सुर्नया गाउँपालिका–५ रैलेश्वरी घर भई धनगढीको शिवनगर आफ्नो काकासंग बस्दै आएका १५ वर्षीय अमृत विष्ट तीन दिनदेखि बेपत्ता भएका हुन् ।

चैतन्य पाठशालामा कक्षा ९ मा अध्ययनरत उनी यही जेठ २४ गते विद्यालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएको उनका काका भीमबहादुर बिष्टले बताए ।

उनको खोजीका लागि प्रहरी, आफन्त र सम्भावित ठाउँमा खबर गरि खोजी गर्ने कार्य भइरहेको उनले बताए । बालक विगत २ वर्ष पहिलादेखि धनगढीको शिवनगरमा बसेर चैतन्य पाठशालामा अध्यान गर्दै आएका थिए ।

प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्