सीमावर्ती बजारमा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु


 


धनगढी, जेठ २८ । भारती सीमावर्ती बजारमा कारको ठक्करबाट स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको छ।

भारतको उत्तराखण्डअन्तर्गत बनबासा नजिकैको चकरपुरमा विपरित दिशाबाट आइरहेको कारले ठक्कर दिँदा एकै परिवारका ४ जना नेपालीको ज्यान गएको हो।

कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ।

उनीहरू खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए। शनिबार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए।

प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्