काठमाडौं मलमा आगलागी


 


काठमाडौं, जेठ २९ । राजधानीको सुन्धारामा रहेको काठमाडौं मलमा आगलागी भएको छ । मलभित्रको हाई भोल्टेज जेनेरेटरबाट शुरु भएको आगो तत्काल निभाइएकाले ठूलो दुर्घटना नभएको बताइएको छ ।

४०० केभीको उक्त जेनेरेटरमा सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगो लागेपछि नजिकैको सेनाको रणभैरव गणको टोली घटनास्थल पुगेको थियो ।

जमदार गोविन्द कार्कीको कमाण्डमा गएको नौ सदस्यीय टोली र स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट जेनेरेटरबाहेक अरुमा क्षति नपुगेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्