जंगलमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


 


महोत्तरी, जेठ ३० । महोत्तरीमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी आरोपमा बर्दिबास नगरपालिका–१० खैरबना बस्ने ४५ वर्षीय सोमबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

थिङले ती महिलालाई बर्दिबास नगरपालिका–१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्